Logo

२०७९ आषाढ १५ गते बुधवार

images

विजय जुलुसमा ट्रयाक्टर पल्टँदा एक जनाको मृत्यु, ६ जना घाइते

विजय जुलुसमा ट्रयाक्टर पल्टँदा एक जनाको मृत्यु, ६ जना घाइते

खबर सेन्टर

६ जेठ २०७९
  • 918
    SHARES
  • images
    विजय जुलुसमा ट्रयाक्टर पल्टँदा एक जनाको मृत्यु, ६ जना घाइते
    images

    मोरङको सुनवर्षी नगरपालिका ६ मा नेकपा एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।विजय जुलुसमा जाँदा भएको ट्रयाक्टर दुर्घटनामा परि घाइते भएका राजकुमार सरदारको उपचारको क्रममा मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका सुनवर्षी नगरपालिका ५ का ४५ वर्षीय सरदारको उपचारको क्रममा  विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

    को २ च १४३७ नम्बरको ट्याक्टरमा एमालेले विजय जुलुसमा सहभागी हुँदा ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनामा सुनवर्षीकै २६ वर्षीय जालन्धर राजवंशीसहित अन्य ६ जना घाइते छन्। घाइतेहरुको विराटनगर र रंगेलीमा उपचार भइरहेको छ।

    दु​र्घटनामा ट्याक्टर चालक टुनटुन राजवंशी, ३८ वर्षीया श्वेता सरदार, २७ वर्षीय जहानभरकुमार राजवंशी, ४० वर्षीय कुसहा राजवंशी, ३५ वर्षीय लक्ष्मी सरदार घाइते भएका छन्। उनीहरुको रंगेली अस्पतलामा उपचार भइरहेको छ।

    images
    प्रकाशित मिति :जेठ ६ २०७९ शुक्रवार - १६:२३:३२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार