Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

हुम्लामा नेकपाका दुई समूहबीच झडप

हुम्लामा नेकपाका दुई समूहबीच झडप


  • 5.0K
    Shares

    हुम्लामा नेकपाका दुई समूहबीच झडप
    images

    प्रतिनिधिसभा विघटन भएसँगै विभाजित सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ ।

    समानन्तर बैठक र एकाअर्काविरूद्ध कारबाही गर्दै अघि बढ्न थालेको नेकपामा स्थानीइ तहमा झडप हुन थालेको हो । हुम्लाको अदानचुली गाउँपालिमा वडा कमिटी पुर्गठन गरेको विषयमा नेकपाका दुई समूहबीच कुटाकुट भएको छ ।

    अदानचुलीको १ नम्बर वडाको कमिटी पुनर्गठन गरेर फर्कने क्रममा ओली पक्षका वडाध्यक्ष रंग थापामाथि अर्को पक्षले आक्रमण गरेको छ ।

    वडा कमिटी गठन गरेर फर्कने क्रममा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

     

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १४:३८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij