Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज

नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज


  • 4.0K
    Shares

    • images
    नेपाल लगातार तेस्रो खेलमा पराजित, युगान्डाले जित्यो सिरिज
    images

    नेपाली महिला क्रिकेट टोली लगातार तेस्रो खेलमा युगाण्डासँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा खेलमा नेपालमाथि ६ विकेटको जित निकाल्दै युगाण्डाले दुई खेल अगावै सिरिज जितेको हो।

    टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। जवाफी ब्याटीङमा उत्रिएको युगाण्डाले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

    नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाउँदा अर्धशतक बनाउनबाट चुकिन्। त्यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित १८ तथा सीता राना मगरले १२ रनको योगदान दिए।

    बलिङतर्फ फिओना कुलुमे, कोन्सी अवेको र सारह अकितएङले समान २ विकेट लिँदा जेनेट एम्बाजी र रिता मुसामालीले समान १ विकेट लिए।

    युगाण्डाका लागि केभिन अविनोले अविजित ४२ तथा जेनेट एमाबजीले २७ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ नेपालका कविता कुँवरले दुई विकेट लिँदा रुबिना क्षेत्री र इन्दु बर्माले समान १ विकेट लिए। यसअघि सिरिजको पहिलो खेलमा नेपालले १२ रनले र दोस्रो खेलमा १ विकेटले पराजय ब्यहोरेको  थियो।

    प्रकाशित मिति :जेठ ५ २०७९ बिहिवार - १६:२१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij