Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस भएको पुष्टि

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस भएको पुष्टि


  • 8.5K
    Shares

    नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस भएको पुष्टि
    images

    काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । 

    मन्त्रालयले आज  एक विज्ञप्ती जारी गर्दै नयाँ प्रजातिको कोरोना उद्वमस्थल बेलायतबाट केही दिनअघि नेपाल आएका उनीहरूलाई मन्त्रालयले निगरानीमा राखेको थियो । उनिहरु मध्ये ६ वटा नमुनाहरूको नेपालमा परिक्षण गर्दा ३ वटा नमुनामा यसजिन टार्गेट नेगेटिभ देखिएको थियो ।

    मन्त्रालयका आनुसार उनीहरूमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको होरहोइन भन्ने पुष्टी गर्नका लागि पौष २७ गते बिश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो । 

    उक्त नमुनाहरूको नतिजा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई-मेल मार्फत माघ ५ गते प्राप्त भएको र ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेहरुमा २८ बर्षिया महिला, ६७ बर्षिय पुरुष र ३२ बर्षिय पुरुष रहेका छन् ।

    संक्रमण पुष्टि भएका तीन जना मध्ये २८ बर्षिया महिला र ३२ बर्षीय पुरुषलाई निको भइसकेको र ६७ बर्षिय पुरुष पोजेटिभ नै रहेपनि कुनै पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :माघ ५ २०७७ सोमवार - १४:००:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij