२०८२ माघ ७ गते बुधवार
नेपाल टी–२० लिग असोज ८ देखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको हो।
क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको हो। टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल खेल कात्तिक ५ गते हुनेछ।
क्यानले यसअघि नै नेपाल टी–२० लिग आयोजना गर्ने बताईसकेको थियो। यद्यपी औपचारिक घोषणा गरेको थिएन्। प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij