२०८२ भाद्र २५ गते बुधवार
रुपन्देही । पाँच वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् ।
तिलोत्तमा १३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
विकले तिलोत्तमा १५ की पाँच वर्षकी बालिकालाई माघे सङ्क्रान्तिको दिन बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रविन पोखरेलले बताए ।
बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाण्डौ पठाएको पनि प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij