Logo

२०७९ जेठ ७ गते शनिवार

images

बाबुरामको गृहनगर पालुङटारमा एमाले र जसपाले चुनावी तालमेल

बाबुरामको गृहनगर पालुङटारमा एमाले र जसपाले चुनावी तालमेल

खबर सेन्टर

२७ बैशाख २०७९
  • 757
    SHARES
  • images
    images
    बाबुरामको गृहनगर पालुङटारमा एमाले र जसपाले चुनावी तालमेल
    images

    गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी तालमेल गर्ने भएका छन् । नगरपालिकाको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहमति भएको हो । 

    images
    images
    images

    एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पालुङटारकाे मेयर र उपमेयरसहित पाँच वटा वडामा तालमेल गर्ने सहमति भएको जनाएका छन् । सम्झाैताअनुसार पालुङटारका १० वटा वडामध्ये वडा नम्बर ६, ७ र १० मा जसपाले नेकपा एमालेलाई सहयोग गर्नेछ भने वडा नम्बर ४ र ५ मा एमालेले जसपालाई सघाउनेछ । 

    नेपाली कांग्रेससँग सहमतिको प्रयास गरेको जसपाले मेयरमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने गरी उपमेयर पदको उम्मेदवारी वैशाख १६ गते नै फिर्ता लिएको थियो । तर कांग्रेससँगको तालमेलको प्रयास वैशाख २१ गते असफल भएको थियो । 

    एमालेबाट पालुङटारको मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठक उम्मेदवार छन् । जसपाबाट मेयरमा प्रेम गुरुङ उम्मेदवार हुनुहुन्छ । जिल्लाका अन्य पालिकामा पनि सम्भव भएसम्म तालमेल गरी चुनावमा जाने दुई पार्टीबीच सहमति भएको छ । 

    पालुङटार जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर हो । भट्टराई एक हप्तादेखि पालुङटार केन्द्रित भएर चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । 

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - १६:०८:१० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार