काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।
यो बिदा लागू भएसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।