Logo

२०७९ जेठ ७ गते शनिवार

images

स्थानीय निर्वाचन: उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव ? छलफलमा आयोग

स्थानीय निर्वाचन: उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव ? छलफलमा आयोग

खबर सेन्टर

२७ बैशाख २०७९
  • 988
    SHARES
  • images
    images
    स्थानीय निर्वाचन: उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव ? छलफलमा आयोग
    images

    निर्वाचन आयोगले उमेदवारको मृत्यु भएको ठाउँका निर्वाचनका विषयमा छलफल थालेको छ । आयोगका एक आयुक्तका अनुसार आयोगले आज यसबारे निर्णय गर्नेछ ।

    images
    images
    images

    “उमेदवारको मृत्यु भएको छ । त्यहाँ के गर्ने छलफलमा छौँ,” ती आयुक्तले भने । उमेदवारको मृत्यु भएको खण्डमा त्यस ठाउँको निर्वाचन तत्काल स्थगित गरी नयाँ मिति तोकिने गरिन्छ ।

    कपिलवस्तुको महाराजगन्ज नगरपालिका, दाङको घोराही उमपहानगरपालिकालगायत स्थानमा उमेदवारहरूको मृत्यु भएको छ । नेपाली कांग्रेसका तर्फबाट महाराजगन्ज नगरपालिकाको उपप्रमुख पदको उमेदवार बनेकी शुभावती कुर्मीको हृदयाघातका कारण सोमबार राति मृत्यु भएको हो ।

    यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाध्यक्ष पदका उमेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा (एमाले)बाट उमेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो ।

    images
    प्रकाशित मिति :बैशाख २७ २०७९ मंगलवार - १३:४७:४९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार