२०८२ भाद्र २५ गते बुधवार
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा मिनिट्रक दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर मिनिट्रक दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौंडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।
हेटौंडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोसी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर महादेव भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij