Logo

२०७९ जेठ ७ गते शनिवार

images

एन्फा कार्यसमिति बैठक आज बस्दै, खेलाडी-प्रशिक्षक विवादको विषयमा छलफल हुने

एन्फा कार्यसमिति बैठक आज बस्दै, खेलाडी-प्रशिक्षक विवादको विषयमा छलफल हुने

खबर सेन्टर

२५ बैशाख २०७९
  • 575
    SHARES
  • images
    images
    एन्फा कार्यसमिति बैठक आज बस्दै, खेलाडी-प्रशिक्षक विवादको विषयमा छलफल हुने
    images

    राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ ।

    images
    images
    images

    सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे कार्यसमिति बैठक बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

    मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए ।

    त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । उक्त छानबिन र विवादको विषयमा आज कार्यसमिति बैठक बस्न लागेको हो । 

    images
    प्रकाशित मिति :बैशाख २५ २०७९ आइतवार - १०:०८:१९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार