Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेपालभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

नेपालभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु


  • 6.3K
    Shares

    नेपालभर थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
    images

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४०० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

    अहिलेसम्म नेपालमा २० लाख १२ हजार ४५२ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २२१ रहेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९५९ पुगेको छ ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १६:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij