Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

न्याम्सका पूर्व उपकुलपति डा सिपी मास्केको निधन

न्याम्सका पूर्व उपकुलपति डा सिपी मास्केको निधन


  • 5.7K
    Shares

    न्याम्सका पूर्व उपकुलपति डा सिपी मास्केको निधन
    images

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व उपकुलपति डा सिपी मास्केको निधन भएको छ ।

    कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत डा मास्केको बिहान निधन भएको उनका छोरा डा सन्देश मास्केले पुष्टि गरेका छन् ।

    उनका अनुसार डा मास्के मुटु तथा मिर्गौलाका रोगी समेत थिए । डा मास्के नेपालका पायनियर युरो सर्जन समेत हुन्। नेपालमा युरो सर्जरीको सुरुवात गर्नेमध्येमा पर्छन् उनी । 

    तेह्रथुमको जलजला गाविसमा सन् १९९८ सालमा जन्मिएका डा मास्के शिक्षण अस्पताल महाराजगञ्जको निर्देशक समेत भएका थिए । नेपालमा मात्रै होइन, बंगलादेश र भुटानमा समेत पुगेर उनले सेवा दिएका छन् ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १६:२१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij