२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । दोलखा भिमेश्वर-८ घर भएका हाल बौद्ध बस्ने ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको हो ।
१० जनाको फरक-फरक जाहेरी परेको १० वटा चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिई हालसम्म फरार रहेका प्रतिवादी श्रेष्ठलाई प्रहरीको विशेष टोलीले शनिबार पक्राउ गरेको हो ।
प्रतिवादीलाई थप फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोसमेत प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij