२०८२ भाद्र ३ गते मंगलवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ।
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij