Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु


  • 7.2K
    Shares

    ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

    कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

    बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउनसमेत उहाँले आग्रह गर्नुभएको छ । उहाँले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताउनुभयो । रासस

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १०:३९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij