२०८२ भाद्र ९ गते सोमवार
यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता चैत ६ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश, गण्डकी र प्रदेश–१ सहभागी हुनेछन् । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा सुदूरपश्चिम, बागमती, लुम्बिनी र कर्णाली तथा समूह ‘बी’ मा प्रदेश–१, मधेश, गण्डकी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । दुई समूहको शीर्ष टोली उपाधिका लागि भिड्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij