Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कोरोनाको प्रभाव कम हुँदै जाँदा निर्माण सामग्रीको मूल्य यसरी ह्वातै बढ्यो, सरकार भयो रमिते 

कोरोनाको प्रभाव कम हुँदै जाँदा निर्माण सामग्रीको मूल्य यसरी ह्वातै बढ्यो, सरकार भयो रमिते 


  • 6.5K
    Shares

    कोरोनाको प्रभाव कम हुँदै जाँदा निर्माण सामग्रीको मूल्य यसरी ह्वातै बढ्यो, सरकार भयो रमिते 

    काठमाडौँ । कोरोनाको त्रासले थलिएको विकास निर्माणका काम कोरोनाको सुस्तता संगै शुरु भएपछि निर्माण सामग्रीमा अस्वभाविक मूल्यवृद्धि भएको छ । जसको असर उपभोक्ताको बजेटमा देखिएको छ । निर्माण सामग्रीमा अस्वभाविक मूल्यवृद्धि भए पनि सरकारले केही नगरेको भन्दै व्यवसायीहरुले आरोप लगाएका छन् ।

    नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष अचुतम कट्वालले निर्माण सामग्रीमा उद्योगीहरुले अस्वभाविक मूल्यवृद्धि गरेको आरोप लगाए ।

    ‘कोभिडपछि विकास निर्माण र घर निर्माणको काम भइरहेको छ । तर उद्योगीहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि गराएका छन् । कोभिडपछि माग त बढ्ने भइहाल्यो । जसमा उद्योगीहरुले सिमेन्ट, छडलगायतमा मूल्य बढाएका छन्,’ उनले भने ।

    उनले उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको हवला दिँदै यति बढ्यो उति बढ्यो भन्दै अत्यधिक मूल्यवृद्धि गराइरहेको आरोप लगाए ।

    ‘हामी त बीचमा बसेर सेवा उपलब्ध गराएवापत नाफा खाने व्यक्ति हो । यहाँ उद्योगीहरुले धमिलो पानीमा माछा मार्न थाले,’ उनले भने ।

    उनका अनुसार यसअघि ६७/६८ रुपैयाँ केजी पर्ने स्टिल अहिले १ सय रुपैयाँभन्दा माथि छ भने सिमेन्टमा पनि सिमेन्टमा पनि ५० देखि ६० रुपैयाँसम्म बढेको छ ।

    बजारमा निर्माण सामग्रीमा यसरी मूल्यवृद्धि हुँदा समेत सरकार निदाएर बसेको उनले आरोप लगाए । उनले सरकारले यसबारेमा सुक्ष्मरुपले अध्ययन गरी मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने माग गरे । निर्माण सामग्री मात्र होइन खाध्य सामग्रीमा समेत मूल्य बढेको छ ।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १२:३३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij