२०८२ माघ ७ गते बुधवार
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदैछन्। चारै टोलीले यस सिजनको अन्तिम खेल खेल्दैछन्। दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोली सुखद अन्त्य गर्न चाहन्छन्। जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा छ। संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अर्काे खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले थ्री स्टार क्लबको सामना गर्नेछ। बीबीसी थ्री स्टारमाथि जीतसहित शीर्ष डिभिजनमा आफ्नो अन्तिम खेल यादगार बनाउन चाहन्छ। क्लब यसअघि नै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ।
बीबीसी १२ खेलमा सात अंक जोडेर १३ औं स्थानमा छ। थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij