Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको तालाबन्दीविरुद्ध प्राध्यापकको प्रदर्शन

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको तालाबन्दीविरुद्ध प्राध्यापकको प्रदर्शन


  • 4.0K
    Shares

    त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको तालाबन्दीविरुद्ध प्राध्यापकको प्रदर्शन
    images

    त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरूले नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका छन् ।  विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभूवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

    ‘तालाबन्दी समाधान होइन, समस्या हो । विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुट होऔं’ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए । 

    उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए । प्रदर्शनकारी प्राध्यापकहरूले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन् । 

    प्रध्यापकहरुले विभिन्न विद्यार्थी संगठनहरुले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु पर्ने बताएका छन् ।

    सत्तारुढ दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ । 

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - १५:३७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij