Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

शिक्षा मन्त्रालयको निर्णय : जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने

शिक्षा मन्त्रालयको निर्णय : जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने


  • 5.1K
    Shares

    शिक्षा मन्त्रालयको निर्णय : जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने

    सरकारले आगामी वैशाखमा विद्यालय तहको वार्षीक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। आउँदो शैक्षिक सत्रको पढाई जेठ १ गतेदेखि सञ्चालन गर्नेगरी वैशाखमा परीक्षा सञ्चालन गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो। 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाखभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको हो।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार, कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकोले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षीक परीक्षा सक्ने निर्णय गरिएको हो। स्थानीय तहले सञ्चालन गर्ने कक्षा १ देखि ९ सम्मका सबै परीक्षा वैशाखमा सक्ने निर्णय सरकारले गरेको हो। 

    विद्यालयहरूले पठन पाठन गर्दा कोभिड–१९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको माघ २३ गतेको सिफारिस अनुसार नै हुने गरी नियमित रूपमा सञ्चालन गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

    education_IrsnITVmnI.jpg

    प्रकाशित मिति :फाल्गुण ५ २०७८ बिहिवार - ०६:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij