Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

एसइई परीक्षा निर्वाचनअघि नै , परीक्षा तालिका एक दुई दिनमै

एसइई परीक्षा निर्वाचनअघि नै , परीक्षा तालिका एक दुई दिनमै


  • 4.2K
    Shares

    एसइई परीक्षा निर्वाचनअघि नै , परीक्षा तालिका एक दुई दिनमै
    images

    राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । 

    राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको थियो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम शुरू गरिसकेको छ । रापबोर्डले वैशाख २० गतेभित्र परीक्षा सक्ने गरी तयारी थालेको छ । बोर्डको अधिकारीका अनुसार निर्वाचन गराउन कर्मचारी खटिनुपर्ने भएकाले १० दिनअघि नै परीक्षा सक्ने  गरी तालिका निकाल्ने तयारी भएका छ । उनका अनुसार वैशाखको ११ गतेभित्र परीक्षा शुरू गर्नेगरी तालिका तयारी भइरहेको छ । 

    प्रकाशित मिति :माघ २६ २०७८ बुधवार - ०९:५१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij