Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित

दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित


  • 4.2K
    Shares

    • images
    दक्षिण कोरियामा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित
    images

    सोल ।  दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । 

    कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको अधिकारीहरूले जनाएका छन् । 

    स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए । 

    एकै दिनमा ३६ हजारभन्दा बढी सङ्क्रमित भएको शनिबार पहिलो पटक हो । शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या नौ लाख ७१ हजार १८ पुगेको छ । 

    नयाँ सङ्क्रमित मध्ये आठ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन् । 

    सोही अवधिमा २२ जनाको मृत्यु भएको छ । यससँगै दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या छ हजार ८५८ रहेको छ । 

    प्रकाशित मिति :माघ २२ २०७८ शनिवार - १८:४३:२२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij