२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । सरोकारवालाहरुले सीसीएमसीलाई फागुन १ गते देखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका छन् ।
सीसीएमसीले शुक्रबार सरोकारवाला निकायलाई विद्यालय सञ्चालन गर्ने/नगर्ने सम्बन्धी राय लिने क्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् । ‘आज सीसीएमसीसीले के गर्दा उपयुक्त हुन्छ भनेर राय लिएको छ । अधिकांशबाट विद्यालय खोल्नुपर्छ भन्ने सुझाव आएको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने ।
विद्यालय सञ्चालन गर्ने नगर्ने भन्ने विषयमा सबैले केन्द्रले रोकिराख्नुहुन्न । डीसीसीएमसीको समन्वयमा स्थानीयले विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय गर्न अधिकार दिनुपर्ने कुरा भएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भन्डारीले बताए । उनले भने, ‘विद्यालय खोल्नुपर्छ भन्ने एक मत हो । र अब विद्यालय सञ्चालनको विषयमा डीसीसीएमसीको समन्वयमा स्थानीय तहले विद्यालय बन्द गर्ने अथवा सञ्चालन गर्ने जिम्मेवारी दिनुपर्छ भन्ने अधिकांशको सुझाव थियो ।’
एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने ‘७० प्रतिशत बालबालिकाले खोप लगाइसकेका छन् । छुटेका विद्यार्थीलाई पनि खोप लगाइरहेको अवस्थामा अब लामो समय विद्यालय बन्द गर्नुहुँदैन भन्ने हाम्रो कुरा हो । धेरैले यहि कुरा राख्यौं ।’
शुक्रबार भएको छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, संघीय मामिला मन्त्रालयका प्रतिनिधि, अभिभावक महासंघका, प्याब्सन, एन प्याब्सन, गाउँपालिका महासंघका अध्यक्षहरु सहभागी थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij