Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने सरकारले थाल्यो यस्तो तयारी

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने सरकारले थाल्यो यस्तो तयारी


  • 6.8K
    Shares

    • images
    फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने सरकारले थाल्यो यस्तो तयारी
    images

    काठमाडौं । सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ ।

    अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि विद्यालयहरू खोल्नेबारे छलफल भएको जानकारी दिए ।

    ‘‘आज शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच छलफल भयो । स्थानीय तहलाई नै अवस्था हेरेर विद्यालय खोल्न दिनेबारे छलफल भयो,” उनले भने । केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

    यसअघि सीसीएमसीसीले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

    प्रकाशित मिति :माघ २१ २०७८ शुक्रवार - १६:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij