Logo

२०७९ जेठ ७ गते शनिवार

images

उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे समिक्षा हुने

उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे समिक्षा हुने

खबर सेन्टर

१३ माघ २०७८
  • 1.0K
    SHARES
  • images
    images
    उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे समिक्षा हुने
    images

    काठमाडौं। उपत्यकामा जारी गरिएको स्मार्ट लकडाउनको समिक्षा गर्न तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ। स्मार्ट लकडाउन र जोरबिजोर प्रणाली लागू गरिएको एक साता बित्न लाग्दा सिडिओहरु बैठकमा बस्न लागेका हुन्। 

    images
    images
    images

    बैठकमा विभिन्न नियमहरुको प्रभावकारिताको विषयमा छलफल र समिक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन्। 

    ‘कोरोना नियन्त्रणका लागि प्रशासनले जारी गरेको नियमको प्रभावकारिताको विषयमा छलफल हुने हो,’ सिडिओ उपाध्यायले भने, ‘कुन नियमलाई हटाउने र परिमार्जन गर्ने भन्ने विषय छलफलपछि टुंगो लाग्छ।’

    उपत्यकामा कोरोना संक्रमण दर बढेपछि प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातमा यात्रुको भीड बढेको भन्ने गुनासो बढेपछि प्रशासनले यसबारेमा थप निर्णय गर्ने आकलन गरिएको छ। 

    देशभर दैनिक थपिएका संक्रमितमध्य उपत्यकामा मात्रै आधा भन्दा बढी संक्रमित भेटिने भएका कारण थप प्रतिवन्धात्मक नियम लागु हुनसक्ने समेत अनुमान छ। 

    images
    प्रकाशित मिति :माघ १३ २०७८ बिहिवार - १५:३४:४४ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार