Logo

२०७८ माघ १४ गते शुक्रवार

images

ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई पराजित: बार्सिलोना विजयी

ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई पराजित: बार्सिलोना विजयी

खबर सेन्टर डेस्क

१९ पौष २०७८
  • 897
    SHARES
  • images
    images
    ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई  पराजित:  बार्सिलोना विजयी
    images
    images

    स्पेनिस । स्पेनिस ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्‍याे । क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो ।

    images
    images
    images

    ६५ प्रतिश बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न हम्मेहम्मे परेको थियो । कोरोनाका कारण बार्सिलोनाका अधिकांश सिनियर खेलाडी खेलेका थिएनन् । तर पनि मालोर्काले त्यसको फाइदा उठाउन सकेन । जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ । 

    उता रियल मड्रिडको ११ खेलसम्मको अपराजित यात्रा टुंगिदा क्याटलान क्लब बार्सिलोनाले भने जित हात पारेको छ । राति गेटाफेसँग १-० को अप्रत्याशित हारसङ्गै मड्रिडको अपराजित यात्रामा पूर्णबिराम लागेको हो । 

    गेटाफेको जितमा एनेस युनलले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो । २० खेलबाट ४६ अंक जोडेको मड्रिड हारपछि पनि शीर्ष स्थानमा यथावत् छ । मड्रिडलाई पछ्याइरहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ । तालिकामा १९ खेलबाट २३ अंक जोडेको गेटाफे १२औँ स्थानमा उक्लिएको छ । 

    images
    प्रकाशित मिति :पौष १९ २०७८ सोमवार - ११:०८:५३ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार