Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम

स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम


  • 5.8K
    Shares

    स्वदेश फर्कियो भलिबल च्याम्पियन टिम
    images

    बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कपको उपाधि चुमेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, समर्थक र परिवारजनले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

    अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले बंगलादेशको मीरपुरमा साहिद सुरवार्दी नेसनल इन्डोर स्टेडियममा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानको कठिन चुनौती ३–२ ले पन्छाउँदै उपाधि रक्षा गरेको थियो ।

    मन्त्रिपरिषद्को बुधबार भएको बैठकले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्ज कप विजेता नेपाली टिमका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।

    बैठकले १२ खेलाडीलाई ५–५ लाखसँगै दुई जना प्रशिक्षकलाई जनही ३ लाख र एक जना अफिसियललाई २ लाख दिने निर्णय गरेको जनाइएको छ ।

    प्रकाशित मिति :पौष १५ २०७८ बिहिवार - १३:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij