२०८२ फाल्गुण २७ गते बुधवार
एशिया कप यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ।
संयुक्त अरब एमिरेन्ट्स (युएई) स्थित शारजाह स्टेडियममा बंगलादेशले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ।
बंगलादेशले ४ ओभरको समाप्तिमा विना विकेटको क्षति १८ रन बनाएर खेलिरहेको छ। यू–१९ एसिया कपमा समूह बी मा रहेको नेपालले समुह चरणमा बंगलादेश कुबेत र श्रीलंकासँग खेल्नेछ।
नेपाल आजको खेलमा बंगलादेशलाई हराउँदै अन्तिम ४ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
नेपाली यू १९ टोली
देव खनाल (कप्तान), विवेक यादव, गुल्सन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता र अर्जुन साउद
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij