२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) नयाँ रेकर्ड कायम भएको छ ।
आज नेप्से २१७५ विन्दु पार गरेसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघि नेप्सेले १६ पुस २०७७ मा २ हजार ८७ दशमलब २७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
आज नेप्से ८८.१२ अंकले बढेर दुई हजार एक सय ७५ दशमलब १२ विन्दुमा पुगेको छ भने ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij