२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व र शक्ति स्थापित हुने दावी गरेको छ ।
केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनपछि एमाले अझ बलियो बन्ने बताए ।
महाधिवेशनको तयारी चलिरहेको बेला एमालेले हालसम्म भएका कामहरुको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा हालसम्म भएका तयारी र प्रतिनिधि चयनको प्रक्रियाबारे प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिएका थिए ।
महाधिवेशन सम्बन्धी कामका लागि विभिन्न समितिहरु गठन भएका छन् । महाधिवेशनमा देशभित्रका २२ वटा जनसंगठनबाट पाँच पाँच जना र भारत, अमेरिका, यूरोप, एशिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि बन्न पाउने भएका छन् ।






© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij