Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

जुम्लाको एकल पुरुषलाई ‘विदुर’ भत्ता

जुम्लाको एकल पुरुषलाई ‘विदुर’ भत्ता


  • 3.8K
    Shares

    जुम्लाको एकल पुरुषलाई ‘विदुर’ भत्ता

    जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ । 

    गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ । यसका लागि चालु आर्थिक वर्षमा रु सात लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने, “एकल पुरुषलाई मासिक रु दुई हजारका दरले विदुर भत्ता दिने कार्यपालिको निर्णय भएको छ ।” गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन् । समाजमा एकल पुरुष पनि साहराविहीन हुने गरेका छन् । सो भत्ताले थोरै भए पनि राहत दिने विश्वास गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। 

    सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताउनुभयो । अहिले गाउँपालिकाभित्र रहेका एकल पुरुषको तथ्याङ्क सङ्कलनको काम सुरु भएको छ । 

    तथ्याङ्क आउने वित्तिकै विदुर भत्ता दिन सुरु गर्ने हुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए। एकल पुरुषको तथ्याङ्क सङ्कलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ । गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अण्डा वितरण गर्दै आएको पनि छ । हिमाली जिल्लामा ६० वर्षदेखि माथिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकाले त्योभन्दा तल ४० वर्ष भन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो ।

     गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असाहय, अपाङ्गता भएका व्यक्तिको हितका लागि संवेदनशील रहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याका बारेमा अध्ययन गरेको थियो । 

    समाजमा एकल पुरुषको अवस्था पनि दयनीय भएकाले उनीहरुको अवस्थामा सुधार र जीवनयापनमा सहज बनाउन विदुर भत्ता दिने निष्कर्षमा पुगेको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ । पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने वित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ । अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका छन् । एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १६:५३:४४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij