Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

आउँदो चुनावमा एमालेलाई कुचो लगाएर बढारिन्छ, कतै धुलो अड्कीए भ्याकुम लगाउने हो : गगन थापा

आउँदो चुनावमा एमालेलाई कुचो लगाएर बढारिन्छ, कतै धुलो अड्कीए भ्याकुम लगाउने हो : गगन थापा


  • 4.9K
    Shares

    आउँदो चुनावमा एमालेलाई कुचो लगाएर बढारिन्छ, कतै धुलो अड्कीए भ्याकुम लगाउने हो : गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढारिने चेतावनी दिनुभएको छ ।

    भक्तपुरको गुण्डुमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी गर्दै आउँदो चुनावमा एमाले तेस्रो स्थानमा सीमित हुने घोषणा गर्नुभयो ।

    एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी ओलीले दिएको चुनौतीको जवाफ दिँदै थापाले भन्नुभयो, ‘सिंगल–सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो । कतै धुलो अड्केको रहेछ भने भ्याकुम लगाउने हो ।’

    एमाले राजनीतिक पार्टी नभई ‘केपी ओलीको प्राइभेट लिमिटेड’ भएको आरोप लगाउँदै थापाले थप्पनुभयो, ‘एमालेमा फरक मत राख्ने भीम रावल र धनश्याम भुषाल छन् । उनीहरूको पनि त्यहाँ केही चल्दैन । एमाले पार्टी होइन ओली प्राइभेट लिमिटेड भइसकेको छ ।’

    एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने भन्दै थापाले भन्नुभयो, ‘पाँच वर्ष आरामले सरकार सञ्चालन गर्नुपर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनैपर्छ । एमालेलाई माथिदेखि तलसम्म कुचो लगाएर बढार्ने हो । यसका लागि कांग्रेसका नेता कार्यकर्ताले संकल्प गर्नुपर्नेछ ।’

    अदालतमा देखिएको भद्रगोलको कारक केपी ओली भएको भन्दै उहाँले भन्नुभयो, ‘अदालतमा सेटिङ गर्ने ओलीको कार्यशैलीको परिणाम हो । अख्तियारमा आफ्ना मान्छेहरु भर्ती गर्ने काम भयो । एमाले सरकारले राज्यका सबै ठाउँमा पछिल्ला तीन वर्षमा भद्रगोल अवस्था सिर्जना गरिदिएको छ ।’

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १४:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij