Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै देशभरका कानुन व्यवसायी आन्दोलित, राजीनामा नदिई सुखै नपाउने यस्ता छन् १२ कारण

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै देशभरका कानुन व्यवसायी आन्दोलित, राजीनामा नदिई सुखै नपाउने यस्ता छन् १२ कारण


  • 4.1K
    Shares

    प्रधानन्यायाधीशको राजीनामा माग गर्दै देशभरका कानुन व्यवसायी आन्दोलित, राजीनामा नदिई सुखै नपाउने यस्ता छन् १२ कारण
    images

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएनको नेतृत्वमा देशभरका कानुन व्यवसायी आन्दोलित छन् । बारको नेतृत्वमा कानुन व्यवसायी निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

    यसै क्रममा आज नेपाल बारको कार्यालय रहेको रामशाह पथमा आयोजित विरोध सभालाई न्याय क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिले सम्बोधन गरेका थिए ।

    सम्बोधनका क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले आन्दोलनको आधिबेहरीले हटाउनु अघि नै राजीनामा दिएर सहज बहिर्गमनको बाटो रोज्न प्रधानन्यायाधीश जबरालाई सुझाव दिए ।

    प्रधानन्यायाधीश जबराले राजनीतिक दलको नेताले बोलेजसरी सडकले माग्दैमा राजीनामा दिँदैन भनेको भन्दै भट्टराईले नैतिक र जनआस्थामा टिकेको पदमा आसिन व्यक्तिले त्यसो भन्न नमिल्ने भन्दै भट्टराईले राजीनामा दिएर सहज बाटो रोज्न सुझाव दिएका हुन् ।

    सम्बोधनका क्रममा अधिवक्ता भट्टराईले प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनुपर्ने १२ कारणसमेत प्रस्तुत गरेका छन् ।

    भट्टराईद्वारा प्रस्तुत १२ कारण यस्ता छन्–
    १. न्यायमा अवरोध सिर्जना गरेको
    २. पारदर्शी रुपमा पेशी नतोकेर स्वेच्छिक पेशी तोकेको
    ३. न्यायिक विचलनलाई प्रोत्साहन गरेको
    ४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाएको
    ५. न्याय प्रशासन र न्याय सम्पादन स्वच्छ ढंगले चलाउन नसकेको
    ६. विचौलियाको दबाब र प्रभाव हटाउन नसकेको
    ७. राजनीतिज्ञले जस्तो शक्तिको राजनीति गरेको
    ८. नियुक्ति र सरूवा विनाआधार मनलाग्दी ढंगले गरेको
    ९. भ्रष्टाचार र बेथिति मौलाएको
    १०. विचाराधीन मुद्दामा अन्तर्वार्ता मार्फत् बचाउ गरेको
    ११. स्वार्थ बाझिएका मुद्दा आफैं हेरेको
    १२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गरेको

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १४:१७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij