Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु


  • 3.0K
    Shares

    सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु
    images

    काठमाडौँ । सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ । एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मङ्गलबार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका ती इजलास तोक्नुभएको थियो । ती मध्ये छ संयुक्त र दुई एकल छन् । इजलासमा सुनुवाइसमेत सुरु भइसकेको छ ।

    सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि आज बन्दी प्रत्यक्षीकरणको मुद्दामा पेसी तोकेका छन् र सुनुवाइ पनि सुरु भइसकेको छ।

    गत आइतबार मध्याह्नदेखि न्यायाधीशहरुले विभिन्न माग राख्दै सुनुवाइ गर्न इन्कार गरेका थिए। यही कात्तिक ८ गते सोमबारदेखि मुद्दाको सुनुवाइ पुरै प्रभावित भएको थियो ।

    सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको आज नौ दिन पुगेको छ । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसले गर्दा पालोमा टाढा टाढाबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - १३:४९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij