Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास, बारको आन्दोलन जारी

न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास, बारको आन्दोलन जारी


  • 5.5K
    Shares

    न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास, बारको आन्दोलन जारी
    images

    काठमाडौं । न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन् ।

    जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका हुन् ।

    सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने वुधबार पनि इजलास नजाने बताएका छन् ।

    सोमवार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारवाट पुन इजलासमा नजाने निर्णयमा छन् । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेकोलगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन् ।

    न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रर्दशनलाई कायम राखेको छ । कानुनव्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन् ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - ११:१९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij