Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

मन्त्री खतिवडाले खोप केन्द्रको निरीक्षण

मन्त्री खतिवडाले खोप केन्द्रको निरीक्षण


  • 3.5K
    Shares

    मन्त्री खतिवडाले खोप केन्द्रको निरीक्षण

    काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेको छ । 

    मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको  निरीक्षण गरेको हो । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए ।

    मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाए । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौँ”, उनले भने । विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गरे । मङ्गलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ । त्यसैगरी आज ग्वार्कोमा पनि खोप केन्द्र थप गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - ११:१७:०० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij