२०८२ मंसिर ८ गते सोमवार
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित पाँच मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन्।
नवनियुक्त मन्त्रीहरू आन्तरिक तथा मामिलामा केदार कार्की, भौतिक पूर्वाधारमा हिमाल कार्की, आर्थिक मामिला तथा योजनामा ईन्द्र आङ्वो, सामाजिक विकास मन्त्रीमा जयराम यादव, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्वाहाम्फेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री राई नेकपा एकीकृत समाजवादी, मन्त्रीहरू आन्तरिक र भौतिक पूर्वाधार कांग्रेस, आर्थिक मामिला माओवादी केन्द्र, सामाजिक विकास जसपा र सामाजिक विकास राज्य संयुक्त लोकतान्त्रिकका रहेका छन्।
एमालेका भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री आङ्वोबाहेक अन्य सबै नयाँ अनुहार हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij