२०८२ मंसिर ८ गते सोमवार
विराटनगर । प्रदेश नम्बर–१ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् ।
मुख्यमन्त्री राईले आजै पाँच मन्त्री नियुक्त गरी शपथ गराएका छन् । सामाजिक विकासमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का जयराम यादव, आर्थिक मामिला तथा योजनामन्त्रीमा (नेकपा माओवादी केन्द्र)का इन्द्र आङ्वो, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेसका हिमाल कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसकै केदार कार्की र सामाजिक विकास राज्यमन्त्रीमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् ।
गठबन्धनका ४९ प्रदेशसभा सदस्यका तर्फबाट राजेन्द्र राईले नयाँ सरकार गठन गर्न सोमबार दाबी प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij