Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रदेश १ : गठबन्धनले टुङ्ग्यायो मन्त्रीको नाम, को को बने मन्त्री ?(नामसहित)

प्रदेश १ : गठबन्धनले टुङ्ग्यायो मन्त्रीको नाम, को को बने मन्त्री ?(नामसहित)


  • 5.5K
    Shares

    प्रदेश १ : गठबन्धनले टुङ्ग्यायो मन्त्रीको नाम, को को बने मन्त्री ?(नामसहित)
    images

    प्रदेश १ मा मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । उनलाई संविधानको धारा १६८ उपधार २ बमोजिम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केहि बेरमा उनलाई पद तथा गोपनीयताको सपथ खुवाउने तयारी भएको छ । 

    भिम आचार्यले हिजो राजीनामा दिएपछि राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश सभामा रहेका ४९ जना सदस्यले हस्ताक्षर गरेर हिजो नै मुख्यमन्त्रीको रुपमा राईको दावी पेश गरेका थिए । 

    यसैगरि कांग्रेसका तर्फबाट केदार कार्कीले आन्तरिक मामिला मन्त्रीको रुपमा सपथ लिने भएका छन् । कार्कीको नेतृत्वमा कांग्रेस प्रदेश १ सरकारमा गएको हो ।

    दलका उप नेता हिमाल कार्कीको नेतृत्वमा सरकारमा जाने की केदार कार्कीको नेतृत्वमा सरकारमा जाने भनेर कांग्रेसले टुंगो लगाउन सकेको थिएन । दिनभरीको रस्साकस्सीका बिचमा कांग्रेसले केदार कार्कीको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । 

    विराटनगर स्थित परपलहेज रिर्सोटमा भएको गठबन्धनको बैठकपछि भौतिक मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको छ । कांग्रेसका तर्फबाट हिमाल कार्की भौतिक पुर्वाधार विकास मन्त्री बन्ने छन् । 

    यस्तै माओवादी केन्द्रको भागमा भने आर्थिक मामिला मन्त्रालय परेको छ । आर्थिक मामिला मन्त्रीको रुपमा इन्द्र आंवोले सपथ खाने छन् । 

    यस्तै जसपाको भागमा सामाजिक विकास मन्त्रालय परेको छ । जसपाका तर्फबाट जयराम यादब मन्त्री बन्ने छन् । गठबन्धनमा रहेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्वाहाम्फे समाजिक विकास राज्यमन्त्री बन्ने पक्का भएको छ । 

    आफू राज्यमन्त्रीको सपथ खान प्रदेश प्रमुखको कार्यालयमा  जाँदै गरेको तुम्वाहाम्फेले जानकारी दिइन् ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १६:१८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij