Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रदेश १ मा आजै मन्त्रिमण्डल विस्तार गरिने‚ को को छन् मन्त्री बन्ने दौडमा?

प्रदेश १ मा आजै मन्त्रिमण्डल विस्तार गरिने‚ को को छन् मन्त्री बन्ने दौडमा?


  • 5.3K
    Shares

    प्रदेश १ मा आजै मन्त्रिमण्डल विस्तार गरिने‚ को को छन् मन्त्री बन्ने दौडमा?
    images

    नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले आज दिउँसो मुख्यमन्त्रीको सपथ ग्रहण गर्दैछन्। प्रदेशसभामा सहभागी पाँच दलीय गठबन्धनको प्रस्तावमा उनी मुख्यमन्त्री बन्दैछन्।

    आजै सानो आकारको मन्त्रीमण्डल बन्ने राईले जानकारी दिए। ‘आज सानो आकारको मन्त्रीमण्डल बनाउने हो,’ उनले भने, ‘प्रत्येक दलबाट एक जना मन्त्रीले आज सपथ ग्रहण गर्नेछन्।’

    को को छन् मन्त्रीको आकांक्षी?

    मन्त्री बन्नेमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, शिवनारायण गनगाईं, सूयर्माराज राई‚ बिन्दिया कार्की, ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापाको चर्चा छ।

    यद्यपि‚ सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच को मन्त्री बन्ने भन्ने अन्तरविरोधका कारण नाम फाइनल गर्न सकस भएको कांग्रेसका एक सांसदले बताए। देउवा समूहका हिमाल कार्की र कृष्णप्रसाद सिटौला समूहका सरावगी र प्रतापप्रकाश हाङ्गाम तथा पौडेल र कोइराला समूहका सुयर्माराजको सम्भावना बलियो रहेको कांग्रेसका एक नेताले बताए।

    गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)बाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै झलकसिंह दर्लामी, रामकुमार राई, धीरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठ मन्त्री बन्ने दौडमा छन्। आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका आङ्बोले आफू सरकारमा नजाने बताउँदै आए पनि दलले उनकै नाम अघि सारेको छ।

    एकीकृत समाजवादीबाट सरिता थापा, उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बुको पनि मन्त्री बन्ने लाइनमा छन्। जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादव मन्त्री बन्ने सम्भावना छ। यस्तै‚ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे पनि मन्त्री बन्ने लाइनमा रहेको बताइएको छ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १३:३०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij