Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा, कांग्रेसका शाही मुख्यमन्त्री बन्ने

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा, कांग्रेसका शाही मुख्यमन्त्री बन्ने


  • 4.4K
    Shares

    कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा, कांग्रेसका शाही मुख्यमन्त्री बन्ने
    images

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन् । सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

    नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्।

    वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। बढीमा कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो।

    आइतबार सत्ता हस्तान्तरणका विषयमा माओवादी र कांग्रेसबीच छलफल भएको थियो। कांग्रेस कर्णाली प्रदेश सभा दलले सहमति कार्यान्वयन नगरे अर्को विकल्पमा जाने योजना समेत बनाएको थियो ।

    सहमति अनुसार आज चार बजेसम्म मुख्यमन्त्री शाहीले राजीनामा दिइसक्नुपर्ने थियो । मुख्यमन्त्री शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १३:२१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij