२०८२ मंसिर ८ गते सोमवार
कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै राजीनमा दिने भएका हुन् ।
राजीनामा दिनु अगाडि मुख्यमन्त्री शाहीले बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा सबै मन्त्रीहरुलाई उपस्थित हुन निर्देशन दिएको छ।
यसअघि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीले कांग्रेससँग सत्ता साझेदारीको ‘सम्झौता’ गरेका थिए। कांग्रेससँगको सम्झौताअनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिने भएका हुन्।
कर्णालीमा अब कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ। कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री हुने जनाइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij