Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

मुख्यमन्त्री बनेको ६८ दिन नबित्दै प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

मुख्यमन्त्री बनेको ६८ दिन नबित्दै प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा


  • 4.8K
    Shares

    मुख्यमन्त्री बनेको ६८ दिन नबित्दै प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा
    images

    प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायले राजीनामा दिएका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

    गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले ६८ दिनमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । आचार्यले प्रदेशसभामा राखिएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मतदानमा हुनुअघि राजीनामा दिएका हुन् ।

    प्रदेश सभाबाट विश्वासको मत नपाउने देखिएपछि आचार्यले राजीनामा दिएका हुन् । एमालेको एकल बहुमतमा मुख्यमन्त्री भएका आचार्य एमाले विभाजन भएपछि अल्पमतमा परेका थिए ।

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १४:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij