Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले बाबुराम र माधवलाई भयो यस्तो फाइदा

प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले बाबुराम र माधवलाई भयो यस्तो फाइदा


  • 4.7K
    Shares

    प्रधानन्यायाधीश विरुद्धको आन्दोलनले बाबुराम र माधवलाई भयो यस्तो फाइदा
    images

    काठमाडौ । सर्वोच्च अदालतमा जारी आन्दोलनको फाइदा डा बाबुराम भट्टराई र माधव कुमार नेपाललाई भएको छ ।

    प्रधानन्यायाधीश विरुद्ध न्यायाधीशहरु नै आन्दोलनमा उत्रिएका कारण आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइका लागिमात्र इजलास तोकिएको छ । जसको प्रभाव माधव नेपाल र डा बाबुराम भट्टराईको घटनामा पनि परेको छ ।

    सोमबार ६ वटा इजलास बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि सुनुवाइका लागि तोकिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बहिष्कार गरिरहेको सन्दर्भमा सोमबारका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसीमा राखिएको हो ।

    यसअघि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डाबाबुराम भट्टराई विरुद्धको मु द्दामा आज (कार्तिक १५) का लागि निर्णय सुनाउने दिन तोकिएको थियो । तर आन्दोलनका कारण सो घटनामा थप प्रकृया नहुने भएको छ । उक्त मुद्दामा दसैँ अघि नै सुनुवाइ सम्पन्न भइसकेको हो ।

    प्रधानन्यायाधीशलाई राजीनामाका लागि दबाब दिँदै आएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दाका लागि भने इजलासमा बस्न सकिने संकेत गरेपछि सोही अनुसार पेसी तोकिएको हो । सोमबारका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको इजलासमा पुण्यराज गौतमको हकमा मेजुना शाहले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइका लागि पेसी तोकिएको छ ।

    प्रकाशित मिति :कार्तिक १५ २०७८ सोमवार - १२:३९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij