२०८२ मंसिर ८ गते सोमवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लागेका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए।
सडक मार्ग हुँदै चितवन जान लागेका ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको पाण्डेले बताए।
चितवन बसाइँको ओलीले केन्द्रीय महाधिवेशन स्थल नारायणी नदी किनारको अवलोकन तथा केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन गर्ने कार्यक्रमसमेत रहेको पाण्डेले जानकारी दिए।
उनले आजै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको समेत उद्घाटन गर्नेछन्। अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।
चितवन बसाइँकै क्रममा ओली माडी अयोध्याधामसमेत पुग्नेछन्। अध्यक्ष ओलीसँगै उमाले स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा वादल, स्थायी समिति सदस्य पाण्डेलगायत केन्द्रीय नेतासमेत चितवन जाँदै छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij