Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बाँदरझुलका १८७ जनाले पाए नागरिकता

बाँदरझुलका १८७ जनाले पाए नागरिकता


  • 5.2K
    Shares

    बाँदरझुलका १८७ जनाले पाए नागरिकता

    चितवन । माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १८७ जनाले नागरिकता पाएका छन् । 

    जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन् ।
     
    कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता पाउने ७० जना पुरुष र ११७ जना महिला रहेका छन् । कार्यक्रममा ९० वर्षीया सुकमाया सेङ्तानले समेत नागरिकता पाउनुभएको छ । उनले भने, “कार्यक्रमबाट एकै परिवारका चार÷पाँच जनासम्मले नागरिकता पाएका छन् ।”
     
    कार्यक्रममा राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन गर्नेको सङ्ख्या १२० रहेको छ । सो स्थनामा नागरिकता वितरण सहजीकरण कार्यक्रम गरिएको यो दोस्रो पटक हो ।  विसं २०७३ मा पनि यहाँ नागरिकता वितरण गरिएको थियो । यस क्षेत्रका जनतालाई इलाका प्रशासन कार्यालय माडीमा र जिल्ला सदरमुकाम आउन पनि निकै कठिन हुने गरेको छ ।

     चितवन राष्ट्रिय निकुञ्जको जग्गा फँडानी गरी उक्त ठाउँमा सुकुम्वासी बस्ती बसेको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १६:२७:१४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij