२०८२ मंसिर ११ गते बिहिवार
कैलाली । अछाममा बम विस्फोट हुँदा एक युवक घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका-५ पातलमा खेतमा काम गर्ने क्रममा ग्रिनेड बम पड्किँदा ३३ वर्षीय वृष रोकाया घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
उक्त क्षेत्रमा डिस्पोजल टोली खटाइएको प्रहरी नायव उपरीक्षक तुलसिराम अर्यालले नेपाल प्रेसलाई बताए । ‘शनिबार दिउँसो बम विस्फोट भएको रहेछ, हामीलाई राति ११ बजेमात्रै खबर आयो’,अर्यालले भने, द्वन्द्वको बेलाको बम पनि हुन सक्छ ।
घाइते रोकायाको अवस्था मध्यम रहेको उनले बताए घाइते बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij