Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रहरी हिरासतमा युवाले गरे आत्महत्या : इनरुवामा बजारमा विरोध प्रदर्शन, बजार बन्द र तोडफोड !

प्रहरी हिरासतमा युवाले गरे आत्महत्या : इनरुवामा बजारमा विरोध प्रदर्शन, बजार बन्द र तोडफोड !


  • 3.7K
    Shares

    प्रहरी हिरासतमा युवाले गरे आत्महत्या : इनरुवामा बजारमा विरोध प्रदर्शन, बजार बन्द र तोडफोड !
    images

    इनरूवा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

    इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको थियो । पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

    प्रहरीले हत्या गरेको आफन्तले आरोप लगाएका छन् । हिरासतभित्र केही सामग्री छिर्न नदिने गरेकाले कसरी हकिवले हिरासतभित्र पासो लगाएर आत्महत्या गरेको भन्दै आफन्तको आरोप छ ।

    यसैबीच आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् ।

    स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन २४ २०७८ आइतवार - ११:३५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij