२०८२ माघ ९ गते शुक्रवार
हिमालयन बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले सेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
गत २० गते बसेको बैंक सञ्चालक समितिको ४१२औँ बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएकमो छ।
सञ्चालक समितिको यो निर्णय नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ। बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्षयताकै उच्च हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij